+
+
Shares

प्रचण्डका कारण संघीयताको औचित्यमा प्रश्न उठ्यो : मुख्यमन्त्री चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १८:१९

२२ चैत, बुटवल । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रका कारण देशमा संघीयता रहने कि नरहने भन्न प्रश्न उठेको बताएका छन् ।

बिहीबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले प्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता निम्त्याएकाले संघीयतामाथि प्रश्न उठेको बताए ।

‘प्रचण्डको कहिले यता र कहिले उता गर्ने प्रवृत्तिले संघीयतामा ग्रहण लागिसक्यो, व्यवस्था बचाउन सक्छौं कि सक्दैनौं भन्नेबारे गम्भीर प्रश्न आएको छ’, चौधरीले भने, ‘तीन–तीन महिनामा कहिले यता फुत्त कहिले उता फुत्त गर्दै सरकार फेरबदल गर्न संघीयता आएको होइन, हामीलाई डुबाउने र सक्ने अवस्था सिर्जना भएको छ ।’

प्रदेश सरकारहरुमा देखिएको अस्थिरताले संविधान र प्रदेशको औचित्य पुष्टि गर्न कठिन भएको र यसबाट अहिलेसम्म हासिल गरेका उपलब्धि गुम्न सक्नेतर्फ चौधरीले सचेत गराए ।

संघले प्रदेशलाई दिँदै आएको बजेट घटाउँदै लगेर संघीयतालाई कमजोर बनाइएको उनले तर्क गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?