+
+

फोटो र भिडियो बाहिरिएपछि ‘रामायण’को सेटमा मोबाइल प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १६:३५

काठमाडौं । नितेश तिवारीको फिल्म ‘रामायण’को सेटका केही तस्वीर र भिडियो भाइरल भए । सेटबाटै यसरी भिडियो र फोटो भाइरल भएपछि निर्देशक तिवारी खुसी छैनन् ।

यसपछि उनले छायांकन सेटमा मोबाइल फोनको प्रयोगमा रोक लगाएका छन् । इण्डिया टुडेका अनुसार निर्देशक र उनको टोलीले सुटिङ सुरु हुँदा अतिरिक्त कर्मचारी र टोलीलाई सेटबाहिर ननिस्कन निर्देशन दिएको छ ।

आवश्यक कलाकार र प्राविधिकलाई मात्र छायांकन सेटमा बस्न भनिएको छ । अरु सबैलाई प्रवेशमा रोक लगाइएको छ । फिल्ममा अरुण गोविल राजा दशरथको भूमिकामा देखिने तस्वीरबाट थाहा भएको छ । रानी कैकेयीको भूमिकामा लारा दत्तले अभिनय गरेकी छिन् ।

पिंकभिलाको रिपोर्ट अनुसार फिल्म सिटीमा गुरुकुलको सेट तयार गरिएको छ । पहिलो सेड्युलमा राम, लक्ष्मण र भरतको बाल्यकालको भूमिका निर्वाह गर्ने बाल कलाकारले सुटिङ गरिरहेका छन् ।

इण्डिया टुडेका अनुसार रणवीरले पनि छिट्टै यो फिल्मको सुटिङ सुरु गर्ने भएका छन् । निर्माता र उनको टोली रणवीरको कुनै पनि वास्तविक फुटेज सार्वजनिक नहोस् भन्नेमा सचेत छन् । यसकारण उनीहरुले सेटमा आफ्नो बडी-डबल राख्ने पनि सोचिरहेका छन् ।

फिल्म ‘रामायण’लाई निर्माण पक्षले तीन भागमा रिलिज गर्ने भएको छ । पहिलो भाग अर्को वर्षको दोस्रो त्रैमासिकमा रिलिज हुने अपेक्षा छ । फिल्ममा साई पल्लवी माता सीताको भूमिकामा हुनेछिन् भने ‘केजीएफ’ स्टार यश रावणको भूमिकामा देखिनेछन् ।

रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा देखिनेछन् । यद्यपि निर्माताबाट आधिकारिक घोषणा आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?