+
+

नेपाल र वेस्टइन्डिज ए बीचको खेल तालिका सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते ७:०७

२७ चैत, काठमाडौं । टेस्ट टोली वेस्टइन्डिजको ए र  नेपालबीच हुने पाँच टी-२० खेलको खेल तालिका सार्वजनिक भएकोछ ।

वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी-२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ ।

सबै खेल टीयु क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ ।

वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो । नेपालले टी-२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?