+
+

प्रिन्सको हत्यामा संलग्न अर्जुन पटके अपराधी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १०:४०

२८ चैत, जनकपुरधाम । जनकपुरधाममा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा पक्राउ परेका अर्जुन साह पटके अपराधी रहेको खुलेको छ ।

गत सोमबार पौने १ बजे दिउँसो जनकपुरधामको विश्वकर्मा चोकनजिक महोतरी एकडरा गाउँपालिका–३ भटोलियाटोलका २० वर्षीय प्रिन्स महासेठको छुरा प्रहार गरी हत्या भएको थियो ।

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगर–४ का २२ वर्षीय अर्जुन भन्ने अजय साहलाई तत्कालै पक्राउ गरेको थियो ।

पक्राउ परेका अर्जुनलाई धनुषा प्रहरीले सार्वजनिक गर्दै उनी पटके अपराधी भएको खुलेको बताएको छ ।

प्रहरी अनुसन्धानले अर्जुन विगत २०७२ सालयता पटक–पटक अपराधमा संलग्न भएको खुलेको छ । उनले ‘यस क्षेत्रकाव दादा हुँ’ भन्दै अपराध कर्म गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

उनले भारती नाकामा लागूऔषध नाइट्रोभेट ट्याब्लेट, गाँजा र भाङ सेवन गर्ने गराउने र भनेको कुरा नमाने कुटपिट गर्ने गरेको पाइएको डीएसपी अवाको भनाइ छ ।

डीएसपी अवाका अनुसार अर्जुन पटकपटक अपराध गरेर पक्राउ परेको र जिल्ला प्रहरी कार्यालय धनुषाबाट मुद्दा चलाइएर पुर्पक्षका लागि कारागारसमेत चलान भएर छुटेका व्यक्ति हुन् ।

६ वैशाखमा अर्जुन चोरी मुद्दामा पक्राउ परेर धनुषा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जलेश्वर कारागार पठाइएपछि पछि छुटेका थिए । छुटेको केही समयपछि गत मंसिर ६ गते पुनः अपराधमा उनीमाथि जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा चलाइएको थियो ।

२०७८ मंसिर २१ गते उनीमाथि प्रहरीले सार्वजानिक शान्तिविरुद्धको कसुर मुद्दामा पक्राउ गरेर मुद्दा चलाएको थियो । २०७२ साउन ३२ मा उनीमाथि सार्वजानिक अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको डिएसपी अवाले बताए ।

बसबाट खसालेर प्रिन्समाथि छुरा प्रहार

धनुषाका प्रहरी प्रवक्ता अवाका अनुसार गत सोमबार अर्जुन, मृतक प्रिन्स र रोशन कुमार जटही नेपाल भारत सीमा धनुषाको जटही पुगेको बेला उनीहरुबीच विवाद भएको थियो ।

त्यहाँबाट फर्किने क्रममा जकपुरको विश्वकर्मा चोकमा अर्जुनले प्रिन्सलाई कठालो समातेर बसबाट रोडमा खसालेर कुटपिट गर्दै आफूले बोकेको चक्कु झिकेर प्रिन्सको छातीको बाँया भागमा प्रहार गरेका थिए ।

त्यहाँबाट प्रिन्स र रोशन भाग्न भाग्न खोजेका थिए भने छुरा लागेका बेहोस भएका रोशनलार्य प्रादेशिक अस्पताल जनकपुर पु¥याउँदा चिकित्सकले मृत घोष्णा गरेका थिए ।

मृतक प्रिन्स स्वर्गीय लाल महासेठका छोरा हुन् । उनकी आमा सुमित्रा कुमारी साह जनकपुरमा फलफूलको व्यवसाय गर्दै छोरा हुर्काउँदै आएकी थिइन् ।
पक्राउ परेका अर्जुनमाथि कर्तव्यज्यान मुद्दामा अनुसन्धान भइरहेको डिएसपी अवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?