+
+

ठमेल, दरबारमार्ग २४ सै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार

रासस रासस
२०८० चैत २९ गते १२:२८

२९ चैत, काठमाडाैं । प्रहरीले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएका हुन् ।

‘ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी यी क्षेत्रलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्ने छ,’ उनले भने ।

परिसर प्रमुख खत्रीले राजधानी काठमाडौंसहित देशभर लागूऔषध दुव्यर्सनी र साइबर अपराधको घटना बढेको भन्दै यसलाई नियन्त्रणका लागि प्रहरीले काम गरिरहेको उल्लेख गरे ।

चालू आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरुपयोग गरेका ३ हजार ७०० मुद्दा काठमाडौं प्रहरीमा दर्ता भएको उनको भनाइ छ । यस्तै लागूऔषध दुव्यर्सनी सम्बन्धी देशभर ४ हजारभन्दा बढी मुद्दा दर्ता भएको एसएसपी खत्रीले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?