+
+

यस्तो देखियो ‘डिग्री माइला’को काठमाडौं प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १२:०७

काठमाडौं । रिलिज पूर्वसन्ध्यामा रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को प्रिमियर गरिएको छ । बिग मूभिजमा आयोजित समारोहमा फिल्मकर्मीको खचाखच उपस्थिती रह्यो ।

फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । प्रिमियरमा निर्देशक गुरुङसहित कलाकार दयाहाङ राई, आँचल शर्मा लगायत ‘कास्ट एण्ड क्रू’क सहभागि रहे । घरेलु फिल्म उद्योगका अन्य फिल्मकर्मी र सेलिब्रेटीको पनि बाक्लो सहभागिता थियो ।

दयाहाङसँग धेरै फिल्ममा जोडी बाँधेकी मिरुना मगर पनि उपस्थित थिइन् । ‘एकदमै राम्रो लाग्यो । सुरुमा हाँसिराख्दा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा जुन एउटा नेपाली युवाले सामना गरिरहनुपरेको कुरा जुन देखाइएको छ, त्यसले एकदमै मन छोयो’, उनले भनिन् । उनले आँचलको प्रशंसा गरिन् ।

‘आँचलजीको काम एकदमै फाइन लाग्यो । पूरा टिम हेर्दा आफ्नै लाग्यो तर आफूलाई मिसचाँहि गरिन’, उनले भनिन् । ‘कबड्डी’ फेम्ड अभिनेत्री लुनिभा तुलाधरले हँसाउन माहिर भन्दै निर्देशक गुरुङको प्रशंसा गरिन् ।

‘लुट’ फेम्ड अभिनेत्री सृजना सुब्बाले फिल्मको अन्तिम दृश्यले गर्दा आफूलाई मनमा केही नबोलौं जस्तो लागेको बताइन् । ‘एकदमै मन कस्तो भारी भइराख्यो । गहन कुरालाई एकदमै सजिलो र रमाइलो तरिकाले बुझाउने रामबाबुको तरिका एकदमै राम्रो छ’ उनले भनिन् ।

उनले दयाको काम र भूमिकाको प्रशंसा गरिन् । ‘म दयाहाङलाई यस्तै क्यारेक्टरमा हेर्न चाहन्थेँ । उसको यस्तो पात्र भइदियोस जस्तो लाग्थ्यो । अरु सबैको काम मनपर्‍यो । मलाई एकछिन नबोलुँम नबोलूँम जस्तो बनायो’ उनले भनिन् ।

दयाहाङले पनि यसबारे प्रतिक्रिया दिए । ‘मैले आफूलाई एकदमै इमानदार भएर हेर्ने कोसिस गरें । हामीले जो मेहेनत ग¥या छौं । त्यो चाँहि छर्लगै देखिन्छ’, उनले भने । ‘डिग्री माइला’को कथा ‘कबड्डी’ सिरिजभन्दा धेरै अगाडिको योजना भएको स्मरण गर्दै उनले ‘कबड्डी’को प्रभावबाट निर्देशक टाढा रहेको र कथा वाचन फरक रहेको बताए ।

एमाले सासंद रघुजी पन्तले फिल्म मनोरञ्जक रहेको र सन्देश पनि बोकेकाले आफूलाई मनपरेको बताए । ‘शैक्षिक संस्थामा कस्तो ढंगले राजनीति भइरहेको छ, कसरी बिग्रिरहेको छ भन्ने कुरालाई मनोरञ्जक ढंगले देखाएको छ । टिपिकल रामबाबुको फिल्म हो। । उनको स्टाइल हो’, उनले भने ।

डिग्री माइलाहरु देशमा धेरै भएको भन्दै उनीहरुलाई देश छोडेर नजानसमेत सांसद पन्तले आग्रह गरे । प्रिमियर समारोहमा प्रियंका कार्की, दीपाश्री निरौला, निर्मल शर्मा लगायत पनि पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?