+
+

‘डिग्री माइला’को अन्तिम दृश्य र संवादले दोस्रो श्रृंखलाबारे के संकेत गर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १४:३४

काठमाडौं । ‘डिग्री माइला’को अन्तिम प्लट निकै मर्मस्पर्शी देखिन्छ र महसुस हुन्छ । निर्माताले उक्त दृश्यांशमार्फत दोस्रो श्रृंखला आउने बाटो खुला राखेका छन् ।

उक्त प्लटमा माइला र कविता आपसमा संवाद गर्छन् । डाँडाको चौतारीमा यी दुई पात्रबीच मर्मस्पर्शी संवाद भइरहेको छ । माइला भन्छ- ‘मैले भनिसकें, माइलाको प्रेम वियोगान्त हुन सक्दैन । म फेरि फर्केर आउँछु ।’

यो दृश्य कम्पोज निकै बलियो देखिन्छ । माइला सहरतिर फर्किएपछि क्यामेरा कविताको पृष्ठभागबाट गाउँतिर सोझिन्छ । क्यामेराको भाषाबाट यो दृश्य निकै अर्थपूर्ण छ ।

दयाहाङले माइला र आँचलले कविताको भूमिका निर्वाह गरेका छन् । यी दुईले पहिलोपटक स्क्रिन-सेयर गरेको फिल्मले शिक्षाको गम्भीर इस्यु मात्र उठाएको छैन, प्रेममा हुने जातीय र आर्थिक अवरोधको आयामलाई पनि पस्किएको छ ।

सबथोक भइसकेपछि पनि माइला पात्र क्लाइमेक्सतिर एउटा संवाद बोल्छ– ‘उड्ने हो । उड्न छाड्ने होइन ।’ यी संवाद र दृश्य रचनामार्फत निर्माताले दोस्रो श्रृंखला ल्याउने स्पष्ट संकेत गरेका छन् ।

‘कबड्डी’मा थकाली संस्कृतिभित्रको प्रेम र सम्बन्धलाई दर्शाएका निर्देशक रामबाबु गुरुङले यसमा मुलुकको शिक्षा प्रणालीले भोगिरहेको गम्भीर चुनौतीको कथा पेश गर्छ । बाँसरी फिल्म्सको यो फिल्म शुक्रबारदेखि नेपालसहितका मुलुकमा रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?