+
+

बेपत्ता छानबिन र सत्य निरुपण आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १६:२१

३० चैत, काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकराी नियुक्तिको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दुबै आयोगको अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सर्वोच्च अदालतका पूर्वन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा बनेको समितिमा मानव अधिकार आयोगका अध्यक्ष वा उनले तोकेको आयोयका सदस्य सदस्य रहनेछन् । सर्वोच्चका पूर्वन्यायधिश जनदशीश शर्मा पौडेल, पूर्वसचिव अजुर्ननकुमार कार्की र इस्टेला तामाङ सदस्य तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?