+
+

धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते ११:४३

२ वैशाख, काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते भएका छन् ।

नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम केसीले बताए ।

घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको एसपी केसीले जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?