+
+

अरुणभ्याली हाइड्रोपावरको करिब २० लाख कित्ता सेयर लिलामी बिक्रीमा  

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते ९:००

३ वैशाख, काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यसअघि लगानीकर्ताका लागि जारी गरेको हकप्रद निष्कासनमा करिब २० लाख कित्ता सेयर बिकेन । १ बराबर १ को अनुपातमा कम्पनीले हकप्रद सेयर जारी गरेको थियो ।

बिक्री नभएको सो सेयर कम्पनीले वैशाख १० देखि लिलामी बिक्री गर्ने भएको छ । सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले १९ लाख ९२ हजार १३४ कित्ता साधारण सेयरका लागि शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आग्रह गरेको छ ।

वैशाख १० देखि २४ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १ सय रुपैयाँ कायम हुनेगरी न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ । आवेदनका साथ गुड फर पेमेन्ट चेक वा आईपीएसमार्फत भुक्तानी गरेको रकमको भौचर पेश गर्नुपर्नेछ ।

क्यापिटलको कार्यालय नक्साल र मुक्तिनाथ विकास बैंकका कार्यालयहरु ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी तथा महेन्द्रनगरबाट आवेदन फारम पाइने र तिनै केन्द्रमा बुझाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?