+
+

सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १७:०५

काठमाडौं । सुजल फुड्स प्रालिले आफ्नो नयाँ उत्कृष्ट प्रस्तुति ‘चोकोफन जोय’ बजारमा ल्याएको छ ।

कम्पनीका अनुसार ‘चोकोफन जोय’ नेपालकै प्रथम स्क्वायर मोलडेड चकलेट हो । जुन पर्याप्त मात्रामा न्यूनतम मूल्यमा उपभोक्ताले उपभोग गर्न पाउँछन् ।

विगतमा विदेशी चकलेटमा निर्भरता लाई तोडेर नेपालमै अन्तर्राष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको ‘चोकोफन जोय’ चकलेट उपभोग गरी चकलेटको मज्जा लिन सकिन्छ ।

वर्गाकार आकारमा, कोकोआको अनुपम स्वाद र मिठासले भरिपूर्ण ‘चोकोफन जोय’ स्वादिष्ट छ । ‘चोकोफन जोय’ मुखमा राख्नन  साथ पग्लिन्छ र आनन्द प्रदान गर्दछ ।

आकर्षक वर्गाकर आकारमा नै यसको अर्को विशेषता हो जुन हेर्दा जो कोहीलाई पनि खाउँ खाउँ लाग्ने कम्पनीको दाबी छ ।

गुलाबी र बैजनी रङमा प्याकेजिङ गरिएको ‘चोकोफन जोय’ को डिजाइन अत्यन्तै आकर्षक र प्रिमियम रहेको छ भने सुन्दर चम्किलो सुनौलो जोयको फन्टले ‘चोकोफन जोय’ को प्याकेजिङलाई अझ बढी उत्कृष्ट र आकर्षक देखायको छ ।

प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षित ढंगमा देखाइएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार ‘चोकोफन जोय’ जार र बक्स दुबैमा उपलब्ध छ । दुवैमा उत्पादनका विशेषताहरू स्पष्ट रूपमा देखिएको छ र जारभित्रको उत्पादन पनि सजिलै देख्न सकिन्छ ।

‘चोकोफन जोय’ ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध रहेको छ । ‘चोकोफन जोय’ १० रुपैयाँको अधिकतम खुद्रा मूल्यमा ८ ग्रामको माउथफुल साइजमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

‘चोकोफन जोय’ को उत्पादन संसारकै अत्याधुनिक चकलेट उत्पादन प्रविधिको प्रयोग गरी अटोमेटिक मेसिनरीबाट अति स्वस्थकर वातावरणमा उत्पादन गरिएको कम्पनीले बताएको छ ।

अन्तर्राष्ट्रिय  गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने यस ‘चोकोफन जोय’ को गुणस्तर तथा स्वादमा एकरुपता हुन्छ ।

‘चोकोफन जोय’ को अनुपम स्वाद र मिठासले बालबालिका तथा युवा पुस्ताको जीवनको अभिन्न अंग बन्ने विश्वास कम्पनीले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?