+
+

पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १०:५२

४ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) चयन भएका छन् ।

पर्यटन बोर्ड कार्यकारी समितिको ३६८ औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अनुसार बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहन्छन् भने मनोनित सदस्यमध्ये बोर्डको सदस्यहरू छानेको एकजना सदस्य उपाध्यक्ष हुने व्यवस्था छ ।

गत चैत १५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्यमा धादिङका सापकोटासहित ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?