+
+
Shares

डिजिटल माध्यमबाट नेपाल प्रवर्द्धन गर्न बोर्डले ५ करोड खर्च गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १५:३६

२२ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट नेपाल प्रवद्र्धन गर्न ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा बोर्डले सो रकम विनियोजन गरेको हो ।

यो बजेटबाट फोटो, भिडियो तथा अन्य सामग्री उत्पादन तथा खरीद गरिने छ । भिडियो सम्पादन, अनुदान, डिजिटल कन्टेन्ट बैंक तथा स्टारेज लाइब्रेरि विकास गर्ने समेत बोर्डले जनाएको छ ।

नेपाली इन्फ्यून्सर्स, सेलिब्रेटी, कन्टेन्ट क्रिएटरसँगको सहकार्यमा प्रमुख पर्यटकीय गन्तब्यमा फाम ट्रिप प्रयोजन गर्ने र त्यसमार्फत कन्टेन्ट संकलन तथा स्टोरेज लाइब्रेरीलाई भण्डारण गर्ने समेत बोर्डको बजेटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?