+
+

निर्मल पुर्जाको अर्को कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १३:५१

४ वैशाख, काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् ।

नेपाली नयाँ वर्षको दिन उनले ८ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर, एकै जनाले धेरै पटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन् ।

१ वैशाख बिहान १२.१५ बजे उनले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुगेर यो कीर्तिमान बनाएका हुन् ।

नयाँ कीर्तिमानपछि संक्षिप्त प्रतिक्रिया दिंदै निम्स दाइले भने, ‘अब ८ हजार मिटर अग्ला पर्वत आरोहणपिच्छे मेरो रेकर्ड थपिंदै जान्छ ।’

निम्स दाइले ८ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटक–पटक आरोहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?