+
+

मधेश प्रदेश सभामा जनमत पार्टीको नाराबाजी, बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १४:१९

४ वैशाख, काठमाडौं । जनमत पार्टीले अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक १० मिनेट स्थगित भएको छ ।

आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।

सभामुखले बैठक सुरू गरेलगत्तै जनमत पार्टीका सांसद चन्दन सिंहले सरकारले गरेको प्रतिवद्धता पूरा गर्नुपर्ने माग राखे । माघ ८ गते कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि आक्रमण भएको थियो ।

फागुन ६ गते मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिंदा उक्त घटनाको बारेमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको थियो ।

आज चौथो पटक मुख्यमन्त्रीले विश्वासको मत लिंदा जनमत पार्टीले उक्त कुरा पूरा नभएको भन्दै बैठक अवरोध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?