+
+

खाम पक्षबाट सुरक्षा थ्रेट भन्दै रमिलाले भेटिन् गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १७:०१

६ वैशाख, काठमाडौं । हत्या गरिएका कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको दाबी गरेकी छन् ।

बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर रमिलाले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको बताएकी हुन् ।

हत्याको १६ वर्षपछि आरोपी, जनमुक्ति सेनाका पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ परेर पुर्पक्षका लागि जेल चलान भएका थिए । खाम जेल चलान भएपछि उनी पक्षबाट आफूमाथि सुरक्षा थ्रेट भएको रमिलाको दाबी छ ।

जवाफमा गृहमन्त्री लामिछानेले सुरक्षाको जिम्मा सरकारले लिने भन्दै प्रक्रियाका लागि मन्त्रालयमा निवेदन दिन सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?