+
+

दोलखाको म्याग्नेसाइट खानी चलाउने उद्योगमन्त्रीको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १३:४९

११ वैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्योगलाई संरक्षण गर्ने नीति अनुरुप आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट ल्याइने बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले नेपालमा औद्योगिकरण गर्ने नीति अनुरूप सरकारले बजेट ल्याउने बताएका हुन् ।

‘हामीले तयारी वस्तु र औद्योगिक कच्चा पदार्थ आयातमा दुई तहको फरकमा भन्सारदर कायम गर्दैछौं,’ मन्त्रालयमा भएको उक्त भेटमा मन्त्री भण्डारीले भने, ‘सरकारले यसपटक नेपाली उद्योगलाई संरक्षण गर्ने नीति अनुरुप नै बजेट ल्याउने छ । यसका लागि उद्योगी व्यवसायी ढुक्क हुनुभए हुन्छ ।’

मन्त्री भण्डारीले बजेटमार्फत देशमा उद्यमशीलता विकासलाई समेत उच्च प्राथमिकता दिइने बताए । पछिल्लो समय देशमा औद्योगिक वातावरण बिग्रिएको भन्दै अहिलेको अवस्थामा नेपाली उद्योगी व्यवसायीको आत्मविश्वास बढाउनुपर्ने दायित्व सरकारलाई रहेको र सोही अनुरूप उद्योगी व्यवसायीसँग सहकार्य गरेर सरकार अघि बढ्ने समेत उनले जानकारी दिए ।

‘अहिले देशमा पूँजीको विकासका साथै राष्ट्रिय उत्पादन बढाउनुपर्ने जरुरी छ । तर यसका लागि निजी क्षेत्रको साथ र सहयोग चाहिन्छ,’ उनले भने, ‘यसका लागि सरकार र नीतिक्षेत्र सँगसँगै अघि बढ्नेछ ।’

यसैगरी मन्त्री भण्डारीले दोलखाको रहेको ओरियन्ड म्याग्नेसाइट खानीलाई समेत सरकारले तत्काल सञ्चालनमा ल्याउने बताए ।

कार्यक्रममा उद्योग सचिव कृष्णबहादुर राउतले सरकारले आगामी आवको नीतिमार्फत देशमा उद्योगी व्यवसायीको मनोबल उच्च बनाइ औद्योगिक वातावरण निर्माण गर्ने नीति लिएको भन्दै हाल देखिएका समस्यालाई बजेटमार्फत सम्बोधन गरिने बताए ।

‘नेपाल उद्योग तथा व्यवसायी महासंघले अहिले जुन समस्यहरू हामीलाई ज्ञापनपत्र मार्फत बुझाउनु भएको छ त्यसलाई उद्योगी र राष्ट्र हितमा हुनेगरी बजेटमार्फत सम्बोधन गरिनेछ,’ सचिव राउतले भने ।

महासंघको महासचिव बालकृष्ण सिवाकोटीको नेतृत्वमा गएको व्यावसायिक प्रतिनिधिमण्डलले मन्त्री भण्डारीलाई १३ बुँदै ज्ञापनपत्र बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?