
१३ वैशाख, काठमाडौं । बैकिङ्ग कसुरमा फरार अभियुक्त करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यलय, कोहलपुर बाँकेले उनलाई बानियाँभारबाट पक्राउ गरेको हो । फरार अभियुक्तलाई खोजी गर्ने क्रममा उनलाई पक्राउ गरिएको डीएसपी धर्म भण्डारीले बताए ।
उनले दिएको ४ लाख ५६ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै प्रहरी कहाँ उजुरी परेको थियो । नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।
गएको २७ माघमा उनका श्रीमान् अर्जुनबहादुर खाँण ठकुरी पनि पक्राउ परेका थिए । त्यो मुद्दा अदालतमा विचाराधीन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4