+
+

निर्माण र उद्योग क्षेत्रमा संकुचन, भोजन-आवासमा उच्च वृद्धिदर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १७:३५
फाइल तस्वीर

१८ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको निमार्ण र उद्योग क्षेत्रमा संकुचन देखिएको छ ।

मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार उत्पादनमा संकुचन तथा निमार्ण क्षेत्रमा देखिएको मन्दीले उद्योग र निमार्णमा संकुचन देखिएको हो ।

निमार्ण क्षेत्रमा २.०७ प्रतिशतले संकुचन आउँदा उद्योगमा १.६० प्रतिशतले कमी आएको कार्यालयले जनाएको छ । घरजग्गा कारोबारमा मन्दीका बाबजुत पनि २.९८ प्रतिशतको वृद्धिदर हुने अनुमान कार्यालयले गरेको हो ।

औद्योगिक वर्गीकरण अनुसार कुल मूल्य अभिवृद्धि वृद्धिदर भने सबैभन्दा राम्रो आवास तथा भोजन सेवामा रहेको कार्यालयले जनाएको छ ।

पर्यटक आवागमनभा भएको सुधारले उक्त क्षेत्रको वृद्धिदर राम्रो देखिएको जनाएको छ । यस्तै जलविद्युत उत्पादन बढ्दा विद्युत्, ग्याँस क्षेत्रको वृद्धिदर १७.४४ प्रतिशत रहेको छ ।

त्यस्तै यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर ११.८९ प्रतिशत रहेको छ । वित्तीय तथा बीमा सेवाको वृद्धिदर ७.८६ प्रतिशत रहेको कार्यायलले जनाएको छ ।

अर्थतन्त्रमा करिब एक चौथाइ योगदान रहेको कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत र दोस्रो ठूलो हिस्सा रहेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ०.१६ प्रतिशतमा सीमित भएको कार्यालयले जनाएको छ ।

नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४.०९ प्रतिशत रहेको कार्यालयल जनाएको छ । कृषिपछि होलसेल तथा खुद्रा व्यापारको योगदान १३.८४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?