+
+

डडेल्धुरामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते ९:१२

२३ वैशाख, काठमाडौं । डडेल्धुरामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

शनिबार राति नवदुर्गा गाउँपालिका-४ सिरोडमा बागमती प्रदेश०१-००१क ९६५१ नम्बरको टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । अरु दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनामा धादिङको गजुरी गाउँपालिका-७ का ४० वर्षीय चालक धिरज थापामगर र बनीघाट रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको सूचना अधिकारी कुसुम नायकले बताए ।

उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् । उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?