+
+

अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १७:०४

२४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको दल जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विद्रोह गरेका नेताहरूले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगको सोमबार बसेको बैठकले दल दर्ता गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी ऐन तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम दल दर्ता गर्ने निर्णय भएको हो ।

नयाँ दलको नाम जनता समाजवादी पार्टी छ ।

जबकि यादव नेतृत्वको दलको नाम जनता समाजवादी पार्टी नेपाल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?