+
+

नबिल बैंकले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १९:१४

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ । जसका लागि बैंकले निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

यस सम्बन्धमा दुई कम्पनी बीच सम्झौता भएको छ । सम्झौता पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरेका छन् ।

बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ऋणपत्र निष्कासन गर्न थालेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको नै रहेको छ । ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिने नबिल बैंकले जनाएको छ ।

यो ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ८० करोड रुपैयाँ ऋण पूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ ऋण पूँजी रकम सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट निष्कासन गर्न थालिएको बैंकले जनाएको छ ।

सर्वसाधरणका लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टयाएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?