+
+

सलोन र करिश्मालाई पुत्रीलाभ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते ८:५६

काठमाडौं । अभिनेता सलोन बस्नेत र पत्नी करिश्माले सन्तान लाभ गरेका छन् । बुधबार बिहान मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिइन् ।

अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको सलोनका बुवा तथा निर्देशक शोभित बस्नेतले जानकारी दिए । ‘हामी अत्यन्त खुशि छौं । आमाको मुख हेर्ने दिनमा नातिनीको जन्म भयो’ शोभितले भने ।

भोलिसम्म करिश्मालाई डिस्चार्ज गर्ने तयारी छ ।  २०७९ साल मंसिर १२ गते सलोन र करिश्माको विवाह भएको थियो ।

कामको कुरा गर्दा, सलोन फिल्म राजमहल, युनिभर्सिटीज् अफ गुण्डाजमा ब्यस्त हुँदैछन् । करिश्मा पेशाले एयर होस्टेस हुन् । करिश्मा गर्भवती भएदेखि नै सलोनले पाँच महिनादेखि कुनै फिल्म पनि गरेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?