+
+

कोशी प्रदेश प्रमुखले हिक्मत कार्कीका समर्थकलाई सनाखतका लागि बोलाए

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १२:४३

२७ वैशाख, काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीका समर्थकलाई सनाखतका लागि उपस्थित हुन भनेका छन् ।

कार्कीले आज नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख खापुङले ती समर्थकहरुलाई आजै दिउँसो साढे १२ बजेभित्र उपस्थित भइ सनाखत गर्न भनेका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए । 

सरकार गठनको आह्वानविरुद्ध कामचलाउ भएका मुख्मन्त्री कार्की सर्वोच्च अदालत जाँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?