+
+

केन्द्र सरकारबाट बाहिरिएको जसपा नेपालले कोशीमा विश्वासको मत दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १२:१७
जसपा नेपालकी सांसद निर्मला लिम्बु ।

३१ वैशाख, विराटनगर । संघीय सरकारबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशमा भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदैछन । कोशीमा जसपा नेपालका एक जना निर्मला लिम्बु सांसद छिन् ।

उनले वर्तमान सरकारलाई विश्वासको मत दिने बताइन् । केन्द्रको निर्देशन विश्वासको मत दिनू भन्नेछ,’ उनले भनिन्, ‘विश्वासको मत दिन्छौं ।’

मुख्यमन्त्री कार्कीलाई एमालेसहित सत्ता गठबन्धनका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले विश्वासको मत दिनेछन् ।

राप्रपाले तटस्थ बस्ने बताएको छ । कांग्रेसले भने बैठक अवरोध गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?