+
+
Shares

‘हो हो सरकार हो, मलबीउ चाहियो हो’

‘किसानको पीडा र सरकारको गैरजिम्मेवारीपन हेर्दाखेरि चाहिं सभामुख महोदय, यसो पनि भन्न मन लाग्छ’ भन्दै उनले ‘हो हो सरकार हो हो, मल बीउ चाहियो हो हो’ गीत गाएर आफ्नो सम्बोधन अन्त्य गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश सांसद गोम्बु शेर्पाले सरकारसँग मल माग गर्दै गीत गाए।
  • उनले किसानको पीडा र सरकारको असक्षमतालाई ध्यानाकर्षण गराए।
  • शेर्पाले यसअघि पनि गीतमार्फत सरकारलाई जवाफ मागेका थिए।

१६ असार, विराटनगर। कोशी प्रदेश सांसदले गीत गाएर सरकारसँग मलबीउ मागेका छन् । माओवादी केन्द्रका प्रदेश सांसद गोम्बु शेर्पाले सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सरकारसँग मल मागेका हुन् ।

‘किसानहरु चाहिँ यो असारको मासमा मल नपाएर असाध्यै पीडित र प्रताडित छन् । खेतबारीमा हुनुपर्ने कृषकहरु मल गोदामको अगाडि, कृषि कार्यालयको अगाडि, घण्टौँसम्म लाइन बस्नुपर्ने र लाइन बस्दा पनि मल नपाउने पीडा बेहोरिरहेको छ,’ उनले भने,‘ हाम्रो सरकारले आवश्यक मल उत्पादन गर्न पनि नसक्ने र सम्बन्धित ठाउँबाट आयात गरेर कृषकलाई समयमा मल दिनु पनि नसक्ने। सरकारको यो असक्षमता असफलता कहिलेसम्म ? किसानलाई समयमा मल–बिउ उपलब्ध गराउने सन्दर्भमा सरकारको तर्फबाट के पहलकदमी भइराखेको छ ? ’

किसानको पीडा सम्बोधनका लागि सरकार गैर-जिम्मेवार रहेको बताउँदै उनले सहज रुपमा मल पाउने व्यवस्था गर्न माग गरे ।

‘किसानको पीडा र सरकारको गैरजिम्मेवारीपन हेर्दाखेरि चाहिँ सभामुख महोदय, यसो पनि भन्न मन लाग्छ,’ भन्दै उनले ‘हो हो सरकार हो हो, मल बीउ चाहियो हो हो’ गीत गाएर आफ्नो सम्बोधन अन्त्य गरे ।

शेर्पाले सरकारलाई दबाब सृजना गर्नका लागि शेर्पाले यसअघि दुई पटक सरकारसँग गीत गाएर जवाफ मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?