+
+

कांग्रेसले बहिष्कार गर्‍यो कोशी प्रदेश सभाको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १३:४२

३१ वैशाख, विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सभाको बैठक बहिष्कार गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको सोमबारको बैठक कांग्रेसले बहिष्कार गरेको हो ।

नेपाली कांग्रेसका सांसद भीम पराजुलीले आजको बैठक बहिष्कार गरिएको बताए ।

सभामुखले कांग्रेसको उपस्थित विनै प्रदेश सभा बैठक अगाडि बढाएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । हिक्मतको नियुक्तिविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिटसमेत दायर गरेका छन् ।

उक्त रिटमा सुनुवाइ गर्न ९ जेठमा पेशी तोकिएको छ । कांग्रेसले मुद्दा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिन नहुने अडान लिएको छ ।

९ जेठपछि मात्रै प्रदेश सभाको बैठक आह्वान गर्न कांग्रेसले मागसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?