+
+

पल शाह भन्छन्- ‘पुजार सार्की’मा मेरो रोल छोटो तर महत्वपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १४:२२

काठमाडौं । अभिनेता पल शाहले ‘पुजार सार्की’मा आफ्नो छोटो भूमिका मात्र रहेको भन्ने आरोपको खण्डन गरेका छन् । जेठ १० गते रिलिज हुने फिल्ममा आफ्नो कास्टिङबारे उनले प्रष्टीकरण दिएका हुन् ।

‘निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सिर्जनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ,’ उनी भन्छन्, ‘फिल्ममा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा हलमा निम्तो दिन चाहन्छु ।’

फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेकोमा क्षमा माग्दै पलले आफू जनकपुर र सर्लाहीमा छायांकन भइरहेको ‘रावायण’मा व्यस्त रहेको उल्लेख गरेका छन् । उनले आफ्नो भूमिकाबारे लेखेका छन्, ‘मैले यो फिल्ममा अन्यभन्दा फरक, जटिल र महत्वपूर्ण भूमिकामा अभिनय गरेको छु ।’

उनले आफूसहित आर्यन सिग्देल र प्रदीप खड्काको क्यारेक्टर लुक्सबारे पनि सार्वजनिक गरेका छन् । ‘पुजार सार्की’मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानको गुनासोबारे म यो प्रस्ट पार्न चाहन्छु कि यो फिल्ममा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारको जस्तै महत्वपूर्ण भूमिका भने रहेको छ,’ उनले भनेका छन् ।

दिनेश राउतले निर्देशन गरेको यो फिल्ममा पलसँगै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बू लगायतको अभिनय छ । पटकथा लेखक विकास सुवेदी हुन् भने सुवास भुसालले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?