+
+

मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १५:३०

२७ वैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।

बिहीबार दिउँसो मुख्यमन्त्री नियुक्त भएका कार्कीले बेलुका शपथ ग्रहण गर्दैछन् ।

मुख्यमन्त्री कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । एमालेबाट मुख्यमन्त्रीसहित दुई जना र माओवादी केन्द्रबाट एक जना मन्त्री बन्नेछन् । मन्त्रीको नाम भने टुङ्गो नलागेको भण्डारीले बताए ।

मन्त्रीको नाम टुङ्गो लगाउनका लागि दुवै दल छलफलमा छन् । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा पठाउने मन्त्रीको टुङ्गो लगाउन पार्टीसँग छलफल चलिरहेको बताए ।

एमाले स्रोतका अनुसार राम राना मन्त्री बन्ने लगभग निश्चित छ । माओवादी केन्द्रबाट दुर्गा चापागाईंको सम्भावना बलियो छ ।

माओवादी केन्द्रबाट गणेश उप्रेती, नारायण बुर्जामगर, राजेन्द्र कार्की र बाबुराम गौतम प्रमुख दाबेदार छन् । उप्रेती, कार्की र बुर्जामगर केदार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री थिए ।

आज नियुक्त हुने मन्त्रीको कार्यविभाजन भने पछि तोकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?