+
+

फेरि फुट्यो जसपा, लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १५:२७

२७ वैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । अशोक राईको नेतृत्वमा नयाँ दल बनेको साता नबित्दै राजनीतिक समिति सदस्य खगेन्द्र माखिम लगायतको समूह पनि अलग भएको हो ।

माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टीले २०७४ वैशाखमा जसपासँग एकता गरेको थियो ।

उनीसहित राजनीतिक र केन्द्रीय समितिका सदस्यहरूले बिहीबार पत्रकार सम्मेलन गरेर प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा बनाएका छन् ।

उनीहरूले पछिल्लो समय पार्टीको मुख्य नेतृत्व सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप लगाए ।

‘पार्टीको विभाजन आत्मघाती कदम भयो, जसपा र जसपा नेपाल दुवैमा रहिरहने अवस्था बनेन’ माखिमले भने, ‘दुवै जसपाका नेताहरूलाई पार्टी जिम्मा छोड्दै हामीले आफ्नो लक्ष्य र उद्देश्यका लागि अगाडि बढ्ने प्रण गर्‍यौं ।’

मोर्चाले पहिचानको मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा रहेका पहिचानवादी दल, संगठन, अभियन्ता सबैलाई एकतावद्ध भई अघि बढ्न आह्वान गरेको छ ।

मोर्चाका संयोजक प्रा. डा. लावतीले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिलाई सघाउने बताए ।

इलाम–२ को उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिमलाई पहिचानवादीको साझा उम्मेदवार बनाएकै मोडल अगामी निर्वाचनमा अपनाउने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?