+
+

७ फार्मेसीको अनुगमन, १ मात्रै मापदण्ड अनुरूप सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १८:५०

२७ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले सातवटा फार्मेसीको अनुगमन गर्दा एक मात्रै मापदण्ड अनुरूप सञ्चालनमा भएको पाइएको छ ।

कार्यालयले दुई दिन लगाएर तीन वटा अस्पतालका फार्मेसी र चार वटा अस्पताल आसपास रहेका फार्मेसीको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा चाबहिलस्थित ओम हस्पिटलभित्र सञ्चालित बिभु विस्त्रा फार्मेसीले अस्पताल फार्मेसी निर्देशिका बमोजिम सञ्चालन नगरेको पाइएको छ । त्यस्तै उक्त फार्मेसीले लागु तथा मनोदिपक औषधिको रेकर्ड नराखेको पनि कार्यालयले जनाएको छ ।

यसैगरी बल्खुस्थित बयोधा अस्पताल फार्मेसी र कलंकीको शहीद मेमोरियल अस्पताल फार्मेसीले तोकिएको मापदण्डमा औषधि र खोप सञ्चय नगरेको पाइएको छ । कार्यालयका अनुसार यी दुई फार्मेसीले २ देखि ८ डिग्री सेल्सियसभित्र राख्नुपर्ने खोप र औषधि तापक्रम सञ्चय नगरी राखेका थिए ।

त्यस्तै ओम अस्पताल आसपास सञ्चालित ओमतारा फार्मेसी, मिरोन फार्मेसी र कलश फार्मेसीमा पनि मापदण्डअनुसार औषधि नराखेको र औषधि व्यवस्था विभागद्वारा रोक लगाइएका औषधिसमेत राखेको पाइएको छ ।

अनुगमनका क्रममा चाबहिलस्थित अमन फार्मेसी मात्रै मापदण्डमा सञ्चिालित रहेको जिप्रका काठमाडौंले जनाएको छ ।

कैफियत देखिएका फार्मेसीका सञ्चालकलाई जिप्रकाले तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?