+
+

कार्की क्याबिनेटको पहिलो निर्णय : अधिवेशन आह्वान र कानुन निर्माण कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते ६:२६

२८ वैशाख, विराटनगर । काेशी प्रदेश मन्त्रिपरिषद् बैठकले ३१ वैशाखमा बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

हिक्मत कार्की नेतृत्वको मन्त्रिपरिषदकाे विहीबार बसेको पहिलो बैठकले ३१ वैशाखबाट बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएपछि पदभार ग्रहण लगत्तै बसेकाे मन्त्रपरिषद् बैठकले सरकारकाे प्रवक्ताकाे जिम्मेवारी रामबहादुर मगरलाई ताेक्ने निर्णय पनि गरेको छ ।

बैठकले पूर्व मुख्यन्यायधिवक्ता चुडामणी आचार्यकाे नेतृत्वमा संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गर्ने निर्णय पनि गरेको छ ।

कार्की विहीबार संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

निर्णयहरू-

१) प्रदेश सभाको पाचौं तथा बर्खे अधिवेशन ३१ गते ११ बजे आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस ।

२) राम बहादुर मगरलाई सरकारको प्रवक्ताको  जिम्मेवारी।

३) संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल गठन ।
संयोजक:- वरिष्ठ अधिवक्ता चुडामणी आचार्य( पूर्व मुख्यन्याधिवक्ता)
सदस्य:- वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य( पूर्व मुख्यन्याधिवक्ता)
सदस्य:- पूर्व प्रदेश सभा सदस्य अर्जुन राई
सदस्य:- पूर्व प्रदेश सभा सदस्य कुल प्रसाद साम्बा
सदस्य:- पूर्व प्रदेश सभा सदस्य जसमाया गजमेर
सदस्य:- पूर्व उपसचिव नरेन्द्र श्रेष्ठ 
सदस्य सचिव:- आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?