+
+

‘मनसरा’को पहिलो साताको कमाईबारे के भन्छन् निर्माता ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १२:५१

काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । यो फिल्मले पहिलो साता देशब्यापी ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माताले जनाएका छन् ।

स्टार (कास्ट र निर्देशक) र ब्यानरको ब्राण्ड भ्यालु हेर्दा यो फिल्मको उक्त ओपनिङ अपेक्षाभन्दा कम हो । यो फिल्मले पहिलो साता इटहरी, धरान, विर्तामोड लगायतका सहरमा राम्रो कमाइ गर्‍यो ।

‘मनसरा’को यो कूल कलेक्सनमा पूर्वेली सहरको योगदान उच्च छ । सुब्बाको अघिल्लो फिल्म ‘जारी’ले २०८० सालमा १७ करोड ३० लाख ग्रस कमाउँदै उक्त वर्ष धेरै कमाउने घरेलु फिल्मको रेकर्ड राखेको थियो ।

‘मनसरा’ नेपालपछि विदेशी बजारमा समेत प्रदर्शनमा आएको छ । मध्यपूर्वमा दुई दिनअघिदेखि रिलिज भएको छ । प्रवीण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, दयाहाङ राईको अभिनय रहेको यो फिल्मले अन्तर सांस्कृतिक–जातिय सम्बन्ध र काँठका बासिन्दाको जीविकोपार्जन र उनीहरुको संघर्षको कथा भन्छ ।

फिल्म हेर्न नेतादेखि कलाकारसम्म

विहिबार यो फिल्मको विशेष शो आयोजना गरियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, महिला फुटबल टिम, प्रहरीका उच्च पदस्थ कर्मचारी, कलाकारहरु प्रकाश सपुत, रेजीना उप्रेती, लुनिभा तुलाधर, पूर्वमिस नेपाल उषा खड्गी पुगेका थिए ।

राप्रपा अध्यक्ष लिङदेनले फिल्म हेर्न लायक भएको बताए । ‘यो फिल्ममा नेपालको जुन जातिय र सांस्कृतिक विविधता छ, त्यसलाई फिल्ममा जोड्ने कोसिस भएको छ’ लिङ्देनले भने, ‘समाजको एउटा तहको राम्रोसँग प्रतिनिधित्व गरेको छ ।’ गायक सपुतले ‘मनसरा’ मन परेको बताए । ‘यो फिल्म राम्रो किताब पढेजस्तो लाग्यो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?