+
+

कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १४:१२

२८ वैशाख, विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गरेका छन् ।

बिहीबार नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले ३१ वैशाखमा प्रदेशको बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसपछि प्रदेश प्रमुख पर्शुराम खापुङले ३१ बैशाख विहान ११ बजेका लागि प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गरेका हुन् ।

यसअघि अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले ११ जेठका लागि प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई दुई पटक सिफारिस गरेका थिए ।

२६ चैतमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका केदार कार्की बुधबारबाट स्वतः पदमुक्त भएको उल्लेख गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठन आह्वान भएको थियो । बिहीबार नै दाबी पेश गरेका हिक्मतकुमार कार्कीले नियुक्ती र सपथपछि बिहीबार नै कार्यभार सम्हालेका थिए ।

नयाँ सरकार गठन प्रक्रियाको विरुद्ध अन्तरिम आदेश माग गर्दै केदार कार्की सर्वाेच्च अदालत पुगेका छन् । बिहीबार कार्कीले दायर गरेको रिट आज न्यायाधीश हरि फुयालको इजलासमा सुनुवाई भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?