+
+

कोशीमा एमालेले टुंग्यायो ३ मन्त्रीको नाम, माओवादी अन्योलमै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते ११:५५

४ जेठ, विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारमा पठाउने ३ जना मन्त्रीको नाम टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेबाट लिलावल्लभ अधिकारी, पाँचकर्ण राई र एकराज कार्कीको नाम टुंगोमा पुगेको छ ।

‘अहिलेसम्म ३ जनाको नाम फाइनल जस्तै छ तर निर्णय भएको छैन’,  एमाले संसदीय दल स्रोतले भन्यो, ‘सम्भवत आज उहाँहरु ३ जना जानुहुन्छ, माथिबाट ।’ एमालेले अन्य दुई जनालाई राज्यमन्त्री पनि नियुक्त गर्नेछ । हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा एमालेबाट राम राना बिनाविभागीय मन्त्री छन् ।

९ मन्त्रालय रहेको कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र माओवादी केन्द्रले ३ मन्त्रालय लिने सहमति गरिसकेका छन् । २ दलबाट एक–एक जना बिनाविभागीय मन्त्री छन् । एमालेले अब ३ र माओवादी केन्द्रले २ मन्त्री पठाउन बाँकी छ।

नेकपा एमालेले मन्त्रीको नाम टुंगो लगाउँदा नेकपा माओवादी केन्द्रमा भने झमेला टुंगिएको छैन । १३ सांसद रहेको माओवादी केन्द्रमा दलका नेता इन्द्रबहादुर आङ्बोबाहेक सबै मन्त्रीका आकांक्षी छन् । यसअघि गणेश उप्रेतीलाई सरकारमा पठाएको माओवादी केन्द्रले अब दुर्गा चापागाईं, राजेन्द्र कार्की, नारायण बुर्जामगर, गोम्बु शेर्पा, बाबुराम गौतम,राजन किराती र सपना दर्जी मध्येबाट २ जनालाई पठाउनेछ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने सरकारमा कसलाई पठाउने भन्ने विवाद नरहेको दाबी गर्छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयलयका विषयमा कुरा नमिलेका कारण सरकार विस्तार गर्न ढिलो भएको  उनले बताए । ‘हामी मागेको आर्थिक मामिला तथा योजना मन्त्रालय हो’, उनले भने, ‘आज एक पटक छलफल गरेर सरकार विस्तार गरौं भन्ने तयारी छ ।’

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार नै सरकार विस्तारको तयारी गरेका थिए । मुख्यमन्त्री कार्यालयबाटै मन्त्रिपरिषद् विस्तार हुने जानकारी पाएपछि कर्मचारी पनि स्वागतका लागि तयार थिए । तर अन्तिम समयसम्म माओवादी केन्द्रले मन्त्रीको नाम पठाउन नसक्दा सरकार विस्तार हुन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?