+
+

विमानस्थलबाट सुनसहित एक युवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १७:३५
फाइल तस्वीर

२८ वैशाख, काठमाडौं । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवा पक्राउ परेका छन् ।

सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्बुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिलगंगाबाट ५० ग्राम अवैध सुनसहित पक्राउ गरेको हो ।

उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

ब्रासलेट र औठी आकारमा ल्याएको ५० ग्राम बराबरको सुन उनीबाट बरामद भएको छ । पक्राउ परेका लिम्बुलाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?