+
+

एकीकृत समाजवादीको स्थायी कमिटी बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते ६:०५

३० वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

पार्टी केन्द्रीय कार्यालय मिनभवनमा शनिबारदेखि सुरू भएको बैठकमा नेताहरूले बोल्नेक्रम जारी छ । बोल्न बाँकी सदस्यहरुले आजको बैठकमा धारणा राख्ने पार्टीका उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

शनिबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेका थिए । महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनको तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए ।

ती विषयहरुमा स्थायी कमिटी सदस्यहरू साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले धारणा राखेका थिए । बाँकी नेताहरूले आइतबारको बैठकमा बोल्नेछन् ।

नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामाथि पार्टी भित्र छलफल सुरु गरिएको छ ।

यसैबीच स्थायी कमिटी बैठकपछि आज साँझ नै बस्ने भनिएको पोलिटब्यूरो बैठक सोमबारका लागि बोलाइएको छ । पोलिटव्युरो बैठकले केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने कार्यसूचीलाई अनुमोदन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?