+
+

नेपाल बैंक लिमिटेड सप्तरी शाखाको सुरक्षा गार्ड हत्या आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १०:३२

३० वैशाख, काठमाडौं । सप्तरीमा नेपाल बैं‌क लिमिटेडको सुरक्षा गार्ड हत्या आरोपमा एकजना मकवानपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र सुवेदी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनलाई मधेश प्रदेश प्रहरी कार्यालयबाट विशेष टोलीले गएराति पक्राउ गरेको हो ।

बिहीबार बिहान ३ बजेर १८ मिनेटमा सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको थियो ।

गार्डको हत्यापछि बैंक लुटपाटको प्रयास भएको थियो ।  तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिएको थियो ।

मृतक सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?