+
+

केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठबारे पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १३:३१

२८ वैशाख, काठमाडौं । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारे लेखिएको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ ।

लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन गरेका हुन् ।

थापा गोरखामा बडाहाकिम भएर जाँदा लक्ष्मणबाबु श्रेष्ठसँग भेट भएको र उनलाई आफूले निवासमै बोलाएर अंग्रेजी पढाएको स्मरण गरे । ‘उसलाई नेपाली होइन, अंग्रेजी पढ्नु पर्‍यो रे भनेपछि मैले साँझतिर मेरामा पढ्न पठाइदिनू, उसलाई अंग्रेजी म पढाइदिन्छु भनें । पछि त उनी साथीजस्तै भए’, थापाले भने ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लक्ष्मणबाबुका तीन कुरा प्रेरणादायी रहेको बताए । ‘उहाँ साहस र संकल्प गर्ने व्यक्तित्व हुनुहुन्थ्यो । दोस्रो, उहाँ सिर्जनात्मक व्यक्तित्व पनि हो’, उनले भने, ‘तेस्रो, कामप्रति निष्ठापूर्वक लाग्ने जुन समर्पणसहितको हुन्थ्यो ।’

अनुसन्धानकर्ता, संकलक एवं लेखक प्रा. डा. जयराज आचार्यले २०५५ सालमा असम्भव जस्तै लाग्ने केबुलकार नेपाल भित्र्याउनु चानचुने कुरो नभएको बताए ।

लक्ष्मणबाबुले पैसाभन्दा मित्र कमाउनुपर्छ भन्ने सन्देश दिएको सुनाउँदै उनले थपे, ‘धोका दिनेसँग पनि नरिसाई मुस्कुराउन सिकाउनुभएको छ । उहाँ कहिल्यै रिसाएको देखिनँ पनि ।’

पुस्तकका अर्को अनुसन्धानकर्ता, संकलक एवं लेखक विवेक गौतमले लक्ष्मणबाबु व्यवस्थापनका इन्साइक्लोपेडिया भएको बताए । उनले भने, ‘समस्याहरुसँग जुध्न सक्ने क्षमता लक्ष्मणबाबुमा अदुभूत पाएँ ।

१० वर्षअघि दिवंगत लक्ष्मणबाबुबारे लेखिएको पुस्तकको बिक्रीबाट प्राप्त आम्दानी लक्ष्मणबाबु स्मति ट्रष्टमार्फत समाजसेवामा खर्च गरिने उनका छोरा राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?