+
+
Shares

जापानमा बढ्दैछ मित्रता विवाहको चलन : प्रेम न यौन सम्बन्ध

एजेन्सी एजेन्सी
२०८१ वैशाख ३० गते १३:५९

बिहेको अर्थ हुन्छ, दुई आत्माको मिलन, दुई तनको मिलन । तथापि बिहेको यो सदियौं पुरानो अवधारणामा प्रायः परिवर्तन भइरहेको हुन्छ । लिभइन रिलेसनसिप पनि एउटा यस्तै परिवर्तन हो । जसमा बिहे हुँदैन, तर केटा र केटी पतिपत्नी जस्तै सँगै बस्नमा कुनै हिचकिचाहट हुँदैन।

विवाह नामक संस्थामा एउटा अर्को नयाँ प्रयोग भैरहेको छ, जापानमा । त्यहाँ युवाहरुबीच निकै तीव्र रुपमा फ्रेण्डसिप म्यारिज अर्थात् मित्रता विवाहको चलन बढिरहेको छ ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार यो बिहेको नयाँ तरिका हो । यसमा युवा युवतीहरु पार्टनर त बनिरहेका छन् तर त्यो बिहेमा न त प्रेम नै हुन्छ, न कुनै शारीरिक सम्पर्क कायम गर्ने सम्भावना । समाचार अनुसार जापानको १२ करोड ४० लाख जनसंख्या मध्ये १ प्रतिशत मानिसहरुले यस्तै बिहेलाई रुचाइरहेका छन् ।

के हो मित्रता विवाह ?

फ्रेण्डसिप म्यारिजमा केटा र केटी कानुनी रुपमा बिहे गरेका हुन्छन् तर उनीहरुले पतिपत्नीको जस्तो रोमान्स तथा अन्य जिम्मेवारीहरु निर्वाह गर्दैनन् ।

उनीहरुले चाहेको खण्डमा कृत्रिम गर्भाधानबाट बच्चा पनि पैदा गर्न सक्दछन् । यो बिहेमा दुवै पार्टनरलाई अर्को कुनै तेस्रो व्यक्तिसँग सम्बन्ध गाँस्ने छुट पनि हुन्छ।

साउथ चाइना मर्निंङ पोस्टमा यस्तै एक जोडीले बताएका छन् कि यस्तो विवाह उनीहरुका लागि समान सोंच भएको रुममेट रोजेजस्तै हो । यस बिहेमा पार्टनरले एक आपसमा घरको खर्च कसरी बाँडफाँट गर्ने र घरायासी काम कसरी बाँडीचुँडी गर्ने भन्ने कुराको पनि टुंगो लगाएका हुन्छन् ।

समाचार अनुसार जापानमा ३२ वर्ष माथिका युवाले यस्तो खालको बिहे रुचाउने गरेका छन् । साथै बिहेपछि पनि स्वतन्त्र रहन चाहनेहरुका लागि वा शारीरिक संसर्गको रोजाइ फरक हुनेहरुका लागि पनि यस्तो बिहे रोजाइको विषय बनेको छ।

मित्रता बिहेको तथ्यांक राख्ने संस्था Colorus का अनुसार सन् २०१५ को मार्च देखि अहिलेसम्म सय भन्दा धेरै मानिसहरुले यस्तो बिहे गरिसकेका छन् र आफ्नो परिवार पनि बसाइसकेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?