+
+

राष्ट्रपतिलाई धन्यवाद दिन नपाएको विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते ८:४६

२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण राष्ट्रपतिप्रति संघीय संसद्‌बाट धन्यवाद प्रस्ताव पारित नभएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

छलफलका लागि सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । संसद्को कार्यसूचीमा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची पनि थियो । तर सहकारीको रकम हिनामिनामा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समितिको माग राख्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुनसकेको थिएन ।

यो विषयलाई सभामुखले गम्भीरतापूर्वक लिएको उनको सचिवालयले जनाएको छ । कम्तीमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेश गर्न सभामुख घिमिरेले मंगलबारको कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरूसँगको बैठकमा ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?