+
+

कान्स रेडकार्पेटमा हिंड्ने पहिलो स्टार बन्यो कुकुर ‘मेसी’ (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १३:१४

काठमाडौं । गएरातिदेखि सुरु कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा हिंड्ने पहिलो स्टार को होला ? अनुमान गर्नुस् त । त्यो कुनै हलिउड फिल्म स्टार थियो ? या कुनै फिल्ममेकर वा सुपरमोडल ?

यी अनुमान गलत हुनसक्छन् । त्यो अरु कोही नभएर ‘मेसी’ नामको एक कुकुर स्टार थियो जसको फिल्म ‘एनाटोमी अफ अ फल’ ले सन् २०२४ को ओस्कार अवार्डमा मौलिक पटकथा विधा जितेको थियो । यो फिल्मले गत वर्ष कान्सको पाम-दे ओर पुरस्कार पनि जित्यो ।

फेस्टिभलमा गत वर्ष यो कुकुरलाई ‘पाम डग’ पनि पुरस्कार दिइयो । एक पत्रकारले कुकुरका लागि भन्दै अतिरिक्त पुरस्कार विधाको सुरुवात गरेका थिए ।

त्यही फिल्मको स्टार कुकुर ‘मेसी’ कान्स रेडकार्पेटमा हिंड्दा सबैको ध्यान उसतर्फ सोझियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २० मिनेटको समय कान्स रेडकार्पेट ‘मेसीमय’ बन्यो । रेडकार्पेटको सिंढी उक्लिंदा ‘मेसी मेसी’ भन्दै उसको पक्षमा हुटिङ पनि चर्कियो । फोटोग्राफरको संकेतअनुसार उसले पोज पनि दिइरहेको थियो ।

कहिले सिंढीमा उक्लिएर पोज दिन्थ्यो त कहिले तल झरेर । कुनैबेला भुकिरहेको पनि थियो । उसको मुखमा एक क्यामेराको लठ्ठी थियो, जसको प्रयोग टिकटक भिडियो खिच्न भनेर बनाइएको हो । एक फ्रेन्च टेलिभिजनले मेसीबारे दैनिक एक मिनेटको भिडियो बनाइरहेको छ ।

यस वर्षको ओस्कार अवार्ड वितरण समारोहमा पनि मेसी अभिनेताको हैसियतमा ओस्कारको सिटमा बसिरहेको थियो ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?