+
+

कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १९:०६

२ जेठ, काठमाडौं । भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ ।

सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरूलाई उद्धार गरेर नेपाल फर्काउने काम भइरहेको छ ।

बन्धक बनाउने काममा संलग्न दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । मुख्तकिम आलम र मो. साजाद पक्राउ परेका हुन् ।

मंगलबार दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको छ । कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको दूतावासले जनाएको छ ।

उनीहरूलाई करिब ३ महिनादेखि बन्धक बनाएको थियो । कश्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिकसमेत नदिइ कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो छ ।

उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाएको बताए । उनले भने, ‘खाना पनि राम्रोसँग दिएनन् ।’ त्यस्तै धनुषाका रञ्जित चौधरीले आफूहरूलाई मार्नेसम्मको धम्की दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?