
९ जेठ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले गृहमन्त्री रवि लामिछानेको माग गर्ने विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले गृहमन्त्रीको राजीनामा माग गर्ने र छानबिन समिति गठन मागमा अडिग रहनेबारे छलफल भएको एक नेताले बताए ।
संसदमा अशिष्ट, हिंस्रक र अपमानजनक, व्यक्तिगत रुपमा आपत्तिजनक शब्द प्रयोग गरेकाले लामिछाने उक्त पदमा रहन नहुने कांग्रेस केन्द्रीय बैठकमा छलफल भएको एक नेताले जानकारी दिए ।
साथै बैठकले गृहमन्त्री लामिछानेसमेत जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बनाउने आफ्नो अडान नछोड्ने भएको छ ।
बैठकमा सहकारी पीडितको बचत फिर्ताका लागि माग गर्नेसमेत निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4