+
+

धनुषाको क्रसर उद्योगमा एकजनाको शव भेटियो, अर्का एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते ११:१९

१० जेठ, जनकपुरधाम । धनुषामा क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ मा रहेको कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको हो ।

मजदुरी गर्दै आएका यादवको शव ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । सोही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने ४५ वर्षीय खेमकुमार मगर घाइते अवस्थामा भेटिएका छन् ।

मृतकका मामा खुसीलाल यादवले घटना शंकास्पद भएको भन्दै गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन् । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?