+
+

बलात्कार मुद्दामा रेड नोटिस जारी भएका व्यक्ति रोमानियाबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते ११:१४

१० जेठ, काठमाडौं । बलात्कारको मुद्दामा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इनटरपोलबाट रेड नोटिस जारी भएका एक नेपाली रोमानियाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिकाका २४ वर्षीय गौरव नेपाली रहेका छन् । नेसनल सेन्ट्रल ब्यूरो रोमानियाको सहयोगमा उनलाई पक्राउ गरेर काठमाडौं ल्याइएको हो ।

जबरजस्ती करणी मुद्दामा उनी फरार थिए । नेपाली फरार भएर विदेश पुगेको पाएपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?