+
+

बिक्री घट्दा बोटलर्स नेपालका दुई  कम्पनीको नाफामा उच्च गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते ११:४९

१० जेठ, काठमाडौं । नेपालमा कोकाकोला उत्पादन गर्ने दुई प्लान्ट संचालनमा छन् । काठमाडौंस्थित बालाजुमा रहेको प्लान्ट बोटलर्स नेपाल बालाजु कम्पनीद्वारा सञ्चालित छ भने चितवनको भरतपुरमा रहेको प्लान्ट बोटलर्स नेपाल तराई कम्पनीद्वारा सञ्चालित छ ।

यी दुवै कम्पनीको नाफामा भारी गिरावट आएको छ । दुई कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बालाजुले चालु आवको तेस्रो त्रैमासमा ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकि गत आवको यसै अवधिमा ४३ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

मुख्यतः कम्पनीको (बालाजु) बिक्री आम्दानी घट्नुले नाफामा असर पारेको देखिन्छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा कुल ७ अर्ब १८ करोड रुपैयाँको उत्पादन बिक्री गरेको छ । पहिले यसै अवधिमा ८ अर्ब २१ करोड रुपैयाँको बिक्री गरेको थियो ।

कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले २७५ रुपैयाँ रहेकोमा अहिले २४ रुपैयाँमा झरेको छ । बुधबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १५ हजार ७४६ रुपैयाँ छ । कम्पनीको वार्षिक रिटर्न अन इक्वीटी पहिले १०.१ रहेकोमा अहिले जम्मा १.३ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ ३ हजार २२९ रुपैयाँ छ ।

त्यस्तै तराईको पनि नाफा उच्च दरले घटेको छ । कम्पनीले चालु आवमा तेस्रो त्रैमाससम्म कुल २६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा यस्तो नाफा ३६ करोड १० लाख रुपैयाँ थियो । तराईको पनि बिक्री आम्दानी घट्दा नाफामा असर परेको देखिन्छ । चालु आवमा तेस्रो त्रैमाससम्म कम्पनीको बिक्री आम्दानी ५ अर्ब ८१ करोड रुपैयाँ छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी ५ अर्ब ९९ करोड रुपैयाँ थियो । बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ हजार ८ सय रुपैयाँ छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २८८ रुपैयाँ छ । गत आवको यसै अवधिमा ३९८ रुपैयाँ थियो । कम्पनीको वार्षिक रिटर्न अन इक्वीटी ८ प्रतिशतमा झरेको छ, पहिले १३ प्रतिशत थियो । त्यस्तै प्रतिसेयर नेटवर्थ ३ हजार ३९७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?