+
+

गुल्मीको उनाएचौरमा १३२ केभीको सबस्टेसन अन्तिम चरणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते ७:१३

११ जेठ, गुल्मी । गुल्मीमा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गर्न उनाएचौरमा सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाको रेसुंगा नगरपालिका–७, उनाएचौरमा १३२ केभी लाइनको सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

सबस्टेसनसम्म आवश्यक पर्ने सम्पूर्ण निर्माणका काम सकेर अहिले ट्रान्सफर्मर चार्ज गर्ने कार्य भइरहेको उनाएचौर सबस्टेसनका स्टोर प्रमुख नारायण थापाले बताए ।

जेठ महिनाभर चार्ज गर्ने काम लगायत सकेर विद्युत वितरण गर्ने तयारी भइरहेको उनले बताए । उनले भने, ‘अहिले यहाँका विभिन्न यन्त्र उपकरणहरुको चार्ज गर्ने काम छ । जेठको अन्तिमसम्म विद्युत वितरण गर्ने तयारी छ ।’

यहाँबाट विद्युत विस्तार गरेसँगै अहिलेका धेरै समस्याहरु समाधान गर्ने स्टोर प्रमुख थापाको विश्वास छ । यन्त्र उपकारणलगायतका चेकजाँच भारतीय प्राविधिक टोलीले गरिरहेको छ ।

हाल बुटवलको ३३ केभीएमार्फत् गुल्मीमा विद्युत वितरण भइरहेको छ । क्षमता कम हुँदा गुल्मीबासीले छिनछिनमा बत्ती जाने समस्या झेल्दै आएका छन् । केन्द्रीय प्रसारण लाइनको विद्युत गुल्मीमा जोडिएपनि लामो दूरी हुँदा छुट्टै सबस्टेसन बनाउन थालिएको हो ।

नेपाल विद्युत प्राधिकरणको ४५ करोड रुपैयाँ लागतमा विद्युत सबस्टेसन निर्माण सुरु भएको हो । सबस्टेसन बनाउने जिम्मा सिग्मा कन–नरेन्द्र निर्माण जेभी बानेश्वर काठमाडौंले लिएको छ ।

कपिलवस्तुको मोतिपुरमा रहेको सबस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुंगा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौँदीअमराई भएर बाग्लुङको बुर्तिबाङसम्म पुग्नेछ । अहिले १३२ केभिए मार्फत अर्घाखाँचीमा विद्युत वितरण भइरहेको छ ।

गुल्मीको उनाएचौरसँगै पौदी अमराईमा पनि सबस्टेसन निर्माणको काम तीव्र गतिमा भइरहेको छ । स्थानीय जनक पन्थले सबस्टेसन बनेसँगै छिनछिनमा बत्तीजाने समस्याबाट छुटकारा पाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?