+
+

‘द एप्रेन्टिस’ फिल्मको रिलिज रोक्न धम्की दिँदै ट्रम्पले पठाए निर्मातालाई पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १२ गते १२:५८

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अभिव्यक्तिले बारम्बार चर्चामा आउँछन् । उनी पुनः एकपटक हेडलाइनमा छाएका छन्, तर, कुनै बयानबाट होइन । बरु फिल्मबाट । त्यो फिल्मको नाम हो- ‘द एप्रेन्टिस ।’

गतसाता कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको यो फिल्मलाई ट्रम्पको वास्तविक जीवनमा आधारित रहेको भनिएको छ । फिल्मको क्लाइमेक्समा बलात्कारको दृश्य पनि समावेश छ ।

अमेरिकी राष्ट्रपतिय चुनाव नजिकिन लागेको बेला आउन लागेको यो फिल्मलाई लिएर ट्रम्प आक्रोशित छन् । यसकारण ट्रम्पका वकिलले फिल्मका निर्मातालाई पत्र पठाउँदै वितरण सम्झौतालाई अघि नबढाउन भनेका छन् ।

ट्रम्प यो फिल्म रिलिज नहोस् भन्ने चाहन्छन् । तर, फिल्ममा डोनाल्ड ट्रम्पको चरित्रलाई निश्पक्ष र सन्तुलित ढंगले देखाइएको र फिल्म हेरेपछि मात्रै दर्शकले आफ्नो धारणा बनाउन चाहेको निर्माताको भनाइ छ ।

‘द एप्रेन्टिस’ मा डोनाल्ड ट्रम्पको भूमिका सेबास्टियन स्टेनले र जेरेमी स्ट्रङले रोय कोनको भूमिका निभाएका छन् । फिल्ममा ट्रम्पको पूर्वपत्नी इभानासँगको झगडाजस्ता धेरै विवादास्पद घटना समावेश छन् । यस्ता अरु धेरै दृश्य छन्, जसमा ट्रम्पको टोलीले आपत्ति जनाएको छ । कानुनी कारबाही गर्ने धम्की समेत दिएको छ । फिल्ममा ट्रम्पको बदनाम भएको उनको भनाइ छ ।

‘द एप्रेन्टिस’लाई अली अब्बासीले निर्देशन गरेका हुन् । उनी डेनिस-इरानी फिल्म निर्माता हुन् । उनको फिल्मले आगामी अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको चुनावी अभियानमा प्रभाव पार्न सक्ने आशंका गरिएको छ । रिपोर्टका अनुसार यो फिल्म अहिलेसम्म कुनै अमेरिकी वितरकले किनेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?