+
+

माधव नेपालले प्रचण्डलाई भेटेर भने-सत्ता र प्रतिपक्षको टकराव दु:खद् छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १२:५९

१३ जेठ, काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदमा सत्तापक्ष र प्रतिपक्षबीच देखिएको टकराव दु:खद् भएको बताएका छन् ।

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै उनले भने, ‘अस्वस्थ्य आरोप–प्रत्यारोप भैरहेको छ । कतै प्रत्यक्ष टकराव नै हुने त होइन भन्ने आशंका देखिएको छ । नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्ने दिशामा बहस केन्द्रित हुनु पर्ने बेलामा यसखाले टकरावको अवस्था देखा पर्नु निसन्देह दुःखद् छ ।

यस्तो अवस्थामा सत्तापक्ष नै लचक भएर प्रतिपक्षलाई छलफल र सार्थक संवादको माध्यमबाट विश्वासमा लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

संसद अवरुद्ध गरिरहेको कांग्रेसलगायतका दलहरूसँग समस्या समाधानका लागि गम्भीर भर छलफल गर्न समेत उनले प्रधानमन्त्रीलाई आग्रह गरे ।

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन बनाउन माग गरेपछि सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढेको छ ।

कांग्रेसले लगातार संसद  अवरोध गरिरहेको छ भने सत्ता पक्षले बहुमतको आडमा संसदीय गतिविधि अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?